कांग्रेस प्रदेश सभापतिलाई पराजित गर्दै जुम्ला (ख)मा बागी उम्मेदवार विजयी

कांग्रेस प्रदेश सभापतिलाई पराजित गर्दै जुम्ला (ख)मा बागी उम्मेदवार विजयी

सुर्खेत : जुम्लाको प्रदेशसभा (क)मा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गर्दै बागी उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

धारा चिह्नबाट चुनाव लडेका देवेन्द्रले १ हजार ८९९ मतान्तरले ललितजङ्गलाई पराजित गरेका हुन्।

देवेन्द्रले कांग्रेसबाट टिकट नपाएपछि गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका थिए।

देवेन्द्र ९ हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा सभापति शाहीले ७ हजार ७५५ मत पाए।

जुम्ला प्रदेश (१) मा २४ हजार ७ सय ८८ मत खसेको थियो। ललितजंग कर्णालीको मुख्यमन्त्रीका दाबेदार थिए।

मंसिर ७, २०७९ बुधबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।