रुपन्देही–३ मा बालकृष्ण खाँण ८७० मतले अगाडि

रुपन्देही–३ मा बालकृष्ण खाँण ८७० मतले अगाडि

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाँणले ८७० मतान्तरले अगाडि छन्।

उनले १५ हजार ७७ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूको साथ छ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले १४ हजार २०७ मत ल्याएका छन्।

अब सिद्धार्थनगर नगरपालिका ९, ११ र १३ गणना हुँदैछ।

मंसिर ७, २०७९ बुधबार १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।