रुपन्देही–२ मा स्वतन्त्र पार्टीका गणेश पौडेलले घटाए एमालेका विष्णु पौडेलसँगको मतान्तर

रुपन्देही–२ मा स्वतन्त्र पार्टीका गणेश पौडेलले घटाए एमालेका विष्णु पौडेलसँगको मतान्तर

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले एमाले उपाध्यक्ष विष्णु पौडेलसँगको मतान्तर घटाएका छन्।

३० हजार ८२४ मत गणना हुँदा एमालेका पौडेलले १० हजार ५१४ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र पार्टीका पौडेलले ९ हजार ८६२ मत प्राप्त गरेका छन्।

यसअघि दुई पौडेलबीचको मतान्तर ७५१ थियो भने अहिले स्वतन्त्र पार्टीका पौडेलले मतान्तर घटेर ६५२ भएको छ।

मंसिर ७, २०७९ बुधबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।