बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका केसी निर्वाचित

बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका केसी निर्वाचित

पोखरा : बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका छन्।

गठबन्धनबाट उमेदवार बनेका केसीले २१ हजार ४५१ मत पाएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका डा.सूर्य पाठकले १८ हजार ८२५ मत पाए।

केसी राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत हुन्। उनी यसअघि तीनपटक बागलुङबाट निर्वाचित भएर उप्रधानमन्त्री समेत बनेका थिए।

केसी २०७४ को निर्वाचनमा भने काठमाडौंमा माइक्रो बस दुर्घटनमा परी घाइते भएपछि उम्मेदवार बनेका थिएनन्। पराजित भएका एमालेका पाठक निवर्तमान सांसद हुन्।

यस्तै यस क्षेत्रबाट रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार खिमानन्द कँडेलले ९ हजार १८२ मत ल्याए।

मंसिर ७, २०७९ बुधबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।