गुल्मी २– विष्ट, भुसाल र पन्थी विजयी, मतान्तर ११० मात्र

बुटवल : एकीकृत समाजवादीकी सचिव रामुकमारी झाँक्रीलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन्।
विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्। गोकर्ण विष्ट पाँचौं पटक चुनावी प्रतिस्पर्धामा थिए।
२०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मी बाट उम्मेदवार थिए। उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका भएका छन्। विष्टको यो लगातार तेस्रो जित हो।
त्यसैगरी गुल्मी क्षेत्र नंम्बर २ का प्रदेश सभा तर्फका दुवै क्षेत्रमा एमाले विजयी भएको छ।
बुधबार सम्पन्न भएको मतगणनामा गुल्मी २(१) मा एमालेका डिल्लीराज भुसाल विजयी भए भने गुल्मी २(२) मा एमालेकै दिनेश पन्थी विजयी भए।
भुसालले १४ हजार २८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार भुवन श्रेष्ठले १३ हजार २३६ मत पाए।
यसैगरी प्रदेसभा (२) मा दिनेश पन्थीले १३ हजार ९२९ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धि जिसीले १३ हजार ८१९ मत प्राप्त गरे।
उनीहरूबीचको मतान्तर मात्र ११० थियो।
मंसिर ७, २०७९ बुधबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।