गोरखा–२ को प्रदेशसभामा पनि गठबन्धन हाबी, देवकोटा र पाण्डे विजयी

पोखरा : गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभाका दुई सिटमा नेपाली कांग्रेस र नेपाल समाजवादी पार्टीले एक/एक सिट जितेका छन्।
प्रदेशसभा ‘क’मा समाजवादीका फणीन्द्र देवकोटाले विजयी भएका छन्। देवकोटाले एमालेका राजु रानालाई फराकिलो अन्तरले पराजित गरेका हुन्।
माओवादी केन्द्रको हसियाँ हथौडा चिन्ह लिएर चुनाब लडेका देवकोटाले १२ हजार ४११ मत पाएर विजयी भएका हुन्।
देवकोटाका निकटतम प्रतिस्पर्धी एमालेका रानाले ५ हजार ४१० मत प्राप्त गरे। रानालाई देवकोटाले ७ हजार १ मतले पछि पार्दै जित हात पारेका हुन्।
त्यसैगरी त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारले ३ हजार ३५३ र राष्ट्रिय स्वतन्त्र पार्टी लौरोले २ हजार ४०६ मत पाए।
त्यसैगरी प्रदेशसभा (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए। गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले भारी मतान्तरले एमालेका बसन्त गुरुङलाई पराजय गरे।
विजयी पाण्डेले १६ हजार ८८२ मत ल्याउँदा गुरुङले ५ हजार ७६७ मत प्राप्त गरे। पाण्डे र गुरुङबीचको मतान्तर ११ हजार ५२२ रहेको छ। पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन्।
यसअघि गोरखा १ को प्रदेशसभामा दुई सिटमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका थिए।
मंसिर ७, २०७९ बुधबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।