तनहुँ–१ मा रामचन्द्र पौडेलको २६ सय मतको अग्रता 

तनहुँ–१ मा रामचन्द्र पौडेलको २६ सय मतको अग्रता 

काठमाडौं : प्रतिनिधिसभा सदस्या निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २६ मतान्तरले अग्रता बनाइरहेका छन्।

३५ हजार १५३ मत गणना हुँदा पौडेलले १३ हजार ६३५ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूको साथ छ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर राणाले १० हजार ९८३ मत पाएका छन्।

उनीहरूबीचको मतान्तर २ हजार ६५२ छ।

मंसिर ७, २०७९ बुधबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।