
रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमालेको अग्रता, अरुका कुन दल ?

बुटवल : प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा तीन क्षेत्रमा एमाले अग्रस्थानमा छ।
रुपन्देही क्षेत्र नंं १ मा छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा विष्णु पौडेल र क्षेत्र नम्बर ५ मा बासुदेव घिमिरेको अग्रता कायमै छ। तीनै नेता एमालेका हुन्।
क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मा र क्षेत्र नम्बर ५ मा बासुदेव घिमिरेले निरन्तर अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेका छविलाल विश्वकर्माले ५ हजार ३ सय ४५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी घनश्याम भुसालले ४ हजार १ सय ९ मत प्राप्त गरेका छन्।
यस्तै, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले ९ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ८ हजार ७ सय ९४ मत प्राप्त गरेका छन्। गठबन्धनका केशरबहादुर थापा तेस्रो स्थानमा छन्।
त्यस्तै, रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे अग्रस्थानमा छन्। घिमिरेले कांग्रेसका भरत शाहालाई पछि पार्दै आफ्नो अग्रता कायम राखेका छन्।
त्यस्तै रुपन्देहीको क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट कांग्रेसका गृहमन्त्री बालकृष्ण खाँणले राप्रपाका दिपक बोहोरालाई पछि पार्दै अग्रता बनाइरहेका छन्। खाँणले १४ हजार ३ सय ६६ मत प्राप्त गर्दा बोहोराले १२ हजार ३ सय १८ मत प्राप्त गरे।
त्यस्तै, रुपन्देही क्षेत्र नम्बर ४ मा एमालेको समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सुरुवातदेखि नै अग्रता लिएका छन्।
मंसिर ७, २०७९ बुधबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।