चितवन–३ मा राप्रपाका विक्रम पाण्डे ६ हजार मतले अगाडि

चितवन–३ मा राप्रपाका विक्रम पाण्डे ६ हजार मतले अगाडि

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिष्य प्रजातन्त्र पार्टीका विक्रम पाण्डे ६ हजारभन्दा बढि मतले अगाडि छन्।

३५ हजार ७०७ मत गणना गर्दा पाण्डेले १४ हजार ४३० मत ल्याएका छन्। उनलाई एमालेको समर्थन छ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ७ हजार ९९१ मत ल्याएका छन्। यी दुईबीचको मतान्तर ६ हजार ४३९ छ।

यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ७ हजार ५४० मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार ८८८ मत ल्याएका छन्।

मंसिर ७, २०७९ बुधबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।