ललिपुर-३ मा तोसिमा कार्की दोब्बर मतले अगाडि, पम्फा भुसाल तेस्रो

ललिपुर-३ मा तोसिमा कार्की दोब्बर मतले अगाडि, पम्फा भुसाल तेस्रो

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की दोब्बर मतान्तरले अगाडि छन्।

३७ हजार ९७८ जम्मा गणना हुँदा यहाँ कार्कीले १८ हजार ४७७ मत ल्याएकी छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्काले ९ हजार ४२२ मत ल्याए।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले ६ हजार ४२५ मत मात्र ल्याएकी छन्।

मंसिर ७, २०७९ बुधबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।