रुकुम पूर्वबाट माओवादीलाई दोस्रो जित

बुटवल : रूकुम पूर्वबाट माओवादीले दोस्रो जित निकालेको छ।
माओवादीका पूर्णबहादुर घर्तीले एमालेका कैलाशकुमार मल्लसँग फराकिलो मतान्तरले विजयी भएका छन्।
घर्तीले १२ हजार २६२ मत पाउँदा एमालेका मल्लले ५ हजार २११ मत मात्रै पाएका छन्।
लुम्बिनी प्रदेशसभाका निवर्तमान सभामुखसमेत रहेका उनले यसपटक भने संघमा फड्को मारेका हुन्।
यसअघि माओवादी केन्द्रले सिन्धुली–२ बाट पहिलो जित दर्ता गरेको थियो। त्यहाँबाट लेखनाथ दाहाल विजयी भएका थिए।
मंसिर ७, २०७९ बुधबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।