सुर्खेत २ (क) मा कँडेल र शाक्यबीच तीव्र प्रतिस्पर्धा, २६ मतले कँडेललाई सुरुवाती अग्रता

सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) मा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले २६ मतले अग्रता लिएमा छन्।
४ हजार ५४८ मत गणना हुँदा कँडेल २६ मतले अगाडि छन्। उनले एक हजार ९३७ मत ल्याउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका कालिप्रसाद शाक्यले १ हजार ९११ मत पाएका छन्।
शाक्य र कँडेल ३० वर्षपछि चुनावी मैदानमा छन्। २०४९ सालमा वीरेन्द्रनगरको मेयरका लागि प्रतिस्पर्धी थिए। तत्कालीन समयमा कँडेलले निर्वाचन जितेका थिए।
कँडेल मुख्यमन्त्रीका आकांक्षी भएकाले पुनः प्रदेशमा लडेका हुन्। यो क्षेत्रमा प्रदेश राजधानी वीरेन्द्रनगरका १४ वडा समेटिएका छन्।
मंसिर ७, २०७९ बुधबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।