पाल्पा–२ ठाकुर गैरे ३ हजार मतले अगाडि

पाल्पा–२ ठाकुर गैरे ३ हजार मतले अगाडि

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ मा एमाले ठाकुर गैरेले अग्रता कायमै गरेका छन्।

गैरेले १२ हजार २४२ मत ल्याएर अग्रता कायम गर्दा उनलाई सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले टक्कर दिइरहेका छन्।

पाण्डेयले ९ हजार २३१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले २ हजार ५८५ मत ल्याएका छन्।

यी दुईबीचको मतान्तर ३ हजार ११ छ। मतगणना अझै जारी छ।

मंसिर ७, २०७९ बुधबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।