गोरखा–१ का दुवै प्रदेशसभामा गठबन्धनका उम्मेदवार विजयी, मतान्तर ५६ सयदेखि ११ हजारसम्म

पोखरा : गोरखा क्षेत्र नम्बर १ को प्रदेशसभाका दुई सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका कृष्ण घिताल विजयी भएका छन्। उनले १५ हजार ४५६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्रबहादुर थापाले ९ हजार ८२२ मत ल्याए। उनीहरूबीच ५ हजार ६३४ को मतान्तर छ।
गोरखामा वाम–लोकतान्त्रिक गठबन्धनमा कम मतान्तरले जितेका घिताल मात्र एक हुन्। अन्य ३ जना उम्मेदवारले कम्तीमा ७ हजारदेखि ११ हजारसम्मको मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरेका छन्।
त्यसैगरी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी भएका छन्। उनले १६ हजार २ सय ६१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन भट्टराईले ७ हजार ५ सय ३३ मत ल्याएर पराजित भएका हुन्।
न्यौपाने गोरखा कांग्रेसका सभापतिसमेत हुन्। यस्तै, स्वतन्त्र उम्मेदवार डाकबहादुर पराजुलीले ३ हजार ५ सय ८८ मत पाएका छन्।
गोरखाका ४ वटै प्रदेश सभामा गठवन्धनले जित हात पारेको हो। गोरखाको प्रतिनिधिसभाका दुई क्षेत्रमा भने मतगणना जारी छ।
मंसिर ७, २०७९ बुधबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।