जुम्लामा गठबन्धनकी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि ज्ञानेन्द्र शाही

जुम्लामा गठबन्धनकी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि ज्ञानेन्द्र शाही

सुर्खेत : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही दोब्बरभन्दा बढि मतले अग्रता बनाइरहेका छन्।

३१ हजार १७३ मत गन्दा शाहीले १६ हजार १८ मत ल्याए भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी गोमा गौतम कुवँरले ८ हजार १९० मत ल्याइन्।

यहाँ गठबन्धनकी उम्मेदवार कुँवरभन्दा शाही ७ हजार ८२८ मतले अगाडि छन्। 

यस्तै, एमालेका रतननाथ योगीले ४ हजार १२५ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ७४९ मत ल्याए।

त्यस्तै, जुम्ला प्रदेशसभा (क) मा २२ हजार ३३२ गणना हुँदा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता कायम गरेका छन्।

उनले ८ हजार ४२५ मत ल्याउँदा नेपाली कांग्रेसका ललितजंग शाहीले उनलाई पछ्याइरहेका छन्। उनले ७ हजार १८० मत ल्याएका छन्।

एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ५३ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले ६०८ मत ल्याए।

यहाँ ९६४ मत बदर भयो।

मंसिर ७, २०७९ बुधबार १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।