चितवन २ मा रवि लामिछाने र कृष्णभक्त पोखरेलबीच १२ हजार मतान्तर

चितवन २ मा रवि लामिछाने र कृष्णभक्त पोखरेलबीच १२ हजार मतान्तर

काठमाडौं : प्रतिनिसधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १२ हजारभन्दा बढि मतान्तरले अग्रता बनाएका छन्।

उनले २२ हजार १०१ मत ल्याएका छन्। असोजमा पार्टी स्थापना गरेर पहिलोपटक चुनावी मैदानमा उत्रिएका उनलाई ल्याएका जनताले अथाहा माया देखाएका छन्।

लामिछानेका निकटमत प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले ९ हजार ४१२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन्।

पहिलो र दोस्रो हुने उम्मेदवारबीचको मतान्तर १२ हजार ६८९ छ। मतगणना अझै जारी छ।

मंसिर ७, २०७९ बुधबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।