बागलुङ २ मा देवेन्द्र पौडेल ३६३० मतले अगाडि

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ बागलुङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार ३६३० मनान्तरले अगाडि छन्।
पछिल्लो मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले २१ हजार ९२९ मत ल्याएका छन्। शिक्षा मन्त्रीसमेत रहेका उनी यस क्षेत्रका निवर्तमान सांसदसमेत हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले १८ हजार २९९ मत ल्याएकी छन्। लामो समय नेपाली कांग्रेसको राजनीति गरेकी उनले निर्वाचनको समयमा आएर टिकट नपाउने भएपछि एमाले प्रवेश गरेकी थिइन्।
मंसिर ७, २०७९ बुधबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।