समानुपातिकमा माधव नेपालको पार्टी नवौं, नेपाल मजदुर किसान पार्टीभन्दा पछाडि

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ माधवकुमार नेपाल नेतृत्त्वको एकीकृत समाजवादी पार्टीं नवौं भएर प्रतिस्पर्धा गर्दैछ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एकीकृत समाजवादी १३ हजार ३०३ मत ल्याएर नवौं भएको छ। उभन्दा माथि आठौं स्थानमा नेपाल मजदुर किसान पार्टीले १६ हजार ८०८ मत ल्याएको छ।
१७ हजार ५७२ मत ल्याएर डा. सिके राउन नेतृत्त्वको जनमत पार्टी सातौं हुँदा १८ हजार ७५८ मत ल्याएर जनता समाजवादी पार्टी छैटौं भएर प्रतिस्पर्धा गर्दैछ।
पाँचौं, चौथो र तेस्रो स्थानमा क्रमशः ५७ हजार ७६४, १ लाख ४९२ र १ लाख १२ हजार ६१ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ।
२ लाख १९ हजार ४९१ मत ल्याउँदै नेपाली कांग्रेस दोस्रो र २ लाख ४१ हजार९९९ मत ल्याउँदै एमाले पहिलो पार्टी भएर प्रतिस्पर्धामा छन्।
देशका अधिकांश स्थानमा अझै मतगणना जारी छ।
मंसिर ७, २०७९ बुधबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।