विश्वकप फुटबलमा कोरियन ब्यान्ड मेम्बर जेकेको क्रेज

एजेन्सी : कोरियन पपमा चलेको ब्यान्ड हो बीटीएस। त्यसैका कान्छा सदस्य जङ्क कुक स्टेज नाम जेके यति बेला सामाजिक सञ्जालमा भाइरल छन्।
युवापुस्तामाझ चर्चित ब्यान्डका ६ जना सदस्यहरू छन्। सबैको कला फरक र रोचक छ। कोही गीत गाउन, कोही बाजा बजाउन त कोही नाच्न सौखिन छन्। जेके भने सबैमा सर्वोत्कृष्ट छन्। उनी ब्यान्डका लिड भोकलिष्ट र लिड डान्सर हुन्।
लाखौँको सङ्ख्यामा फ्यान फलोइङ भएका बीटीएस सदस्यहरूमध्ये यति बेला जेके चर्चामा छन्, यसको कारण हो विश्व कप फुटबल। कतारको अल ब्यात स्टेडियममा जेकेले फिफा ओल्ड कपको उद्घाटन प्रस्तुति दिएका थिए।
कतारमा सुरु भएको विश्वकप फुटबलको उद्घाटन सत्रमा जेकेले प्रस्तुति दिएसँगै उनी सम्पूर्ण खेल प्रेमीको नजरमा उनी परेका हुन्। यसअघि युवा र किशोर किशोरी उनका फ्यान थिए।
जेके ले कतारी गायक फहाद अल कुबैसीसँग प्रस्तुति दिएका थिए। ड्रिमर बोलको गीतले यति बेला विभिन्न रेकर्ड ब्रेक गरिरहेको छ। फिफा विश्वकपमा यो गीत सबैभन्दा छिट्टो आइट्युनको पहिलो स्थानमा आउन सफल गीत भएको छ।
जेकेको यो पहिलो सोलो प्रस्तुति हो। साउथ कोरियाको प्रतिनिधित्व गर्दै विश्वकपमा प्रस्तुति दिने उनी पहिलो कलाकार पनि हुन्।
बीटीएसका लिडर आरएम, जिमिन, जे होप, भी र सुगाले जेकेको प्रस्तुतिलाई सामाजिक सञ्जालमा साथ दिएका छन्। उनीहरूले आफूहरू जेकेको प्रस्तुति देखेर प्राउड फिल गरिरहेको बताएका छन्। जेकेको प्रस्तुति हेरेर आफूहरूमा गुजबब आएको बीटीएस मेम्बरहरूको भनाई छ।
मंसिर ७, २०७९ बुधबार १४:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।