सिन्धुली-२ मा माओवादीका दाहाल विजयी

काठमाडौं: सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनी पाँच हजार ८३० मतान्तरले विजयी भएका हुन्।
दाहालले २७ हजार ५१७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार ६८७ मत प्राप्त गरे।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भए। उनले एक हजार ५५३ मत प्राप्त गरे। राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार ३४० मत प्राप्त गरेर चौथो भए।
मंसिर ७, २०७९ बुधबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।