दाङ- १: १७ हजार मत गन्दा मेटमणि चौधरीको अग्रता

काठमाडौं: दाङको निर्वाचन क्षेत्र नं. १ मा.मेटमणि चौधरीले अग्रता लिएका छन्। हालसम्म प्रत्यक्षतर्फको गणना भएको १७ हजार २६९ मतमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मेटमणि चाैधरीले ६ हजार ४१६ मत ल्याएका छन्।
यस्तै उनका प्रतिस्पर्धी एमालेकी शान्ता चौधरीले चार हजार २५२ मत ल्याएकी छिन्। उनीहरूबीच मतान्तर दुई हजार १६४ मतको रहेको छ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक रहेका छन्। उनले तीन हजार ३८६ मत ल्याएका छन्।
यस्तै ढकिया चुनाव चिह्न भएका नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चाैधरीले एक हजार ३१७ मत ल्याएका छन्।
मंसिर ७, २०७९ बुधबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।