गुल्मी २: 'ह्याट्रिक म्यान' बने गोकर्ण, दुई हजार मतान्तरले जिते चुनाव

बुटवल: गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्टले २८ हजार ४७६ मत पाएका हुन्।
उनका प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत पाइन्। उनीहरूबीच दुई हजार ३४ मतको अन्तर छ।
झाँक्री सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन्।
निर्वाचित भएका विष्ट यस क्षेत्रका पहिलेका पनि सांसद हुन्। उनले ०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा र यसपटक गरी विजयमा ह्याट्रिक गरेका हुन्।
यस्तै गुल्मीको क्षेत्र नं १ मा भने मतगणना सुरु भएको छ। प्रतिनिधि सभातर्फ कालिगण्डकी गाउँपालिका- १ अन्तर्गत हर्मिचाैरबाट गणना गरिँदै छ।
मंसिर ७, २०७९ बुधबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।