विश्वकपमा आज कुन-कुन टोली भिड्दैछन् ?

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन्। आजको पहिलो खेलमा मोरक्को र क्रोएसिया भिड्दैछन्।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ। क्रोएसिया गत संस्करणको उपविजेता हो।
यस्तै आजको दोस्रो खेल जर्मनी र जापान भिड्दैछन्। नेपाली समयअनुसार यी दुई टोलीबीच अपराह्न ६:४५ मा खेल हुनेछ। जर्मनीले अन्तिम पटक सन् २०१४ को विश्वकप जितेको थियो।
तेस्रो खेल राति ९:४५ बाट सुरु हुनेछ। स्पेनले कोस्टारिकाको सामना गर्नेछ। स्पेनले सन् २०१० को विश्वकप जितेको थियो।
यस्तै भोलिको पहिलो खेल भने मध्यराति १२:४५ बाट हुनेछ। सो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ।
मंसिर ७, २०७९ बुधबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।