जुम्ला (ख)मा कर्णालीका बहालवाला मन्त्रीलाई हराउँदै एमालेका पछाई विजयी

सुर्खेत: जुम्ला प्रदेश सभा–२ को (ख)मा गठबन्धनकाबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका छन्। कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री रोकायले ६ हजार ७२२ मत ल्याए।
निर्वाचित पछाईले भने सात हजार ८१५ मत ल्याए। पछाई नेकपा एमाले प्रदेश कमिटी उप–सचिव समेत हुन्।
राेकाय एकीकृत समाजवादीका जुम्ला जिल्ला इञ्चार्ज समेत हुन्। उनीहरू दुवै जना एमालेमा हुँदा लामाे समयसम्म सँगै काम गरेका थिए। पछि समाजवादी पार्टीकाे स्थापनापछि राेकायले एमाले छाेडेका थिए।
मंसिर ७, २०७९ बुधबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।