जाजरकोट प्रदेश सभा (क) मा कांग्रेसका वेदराज सिंह विजयी

सुर्खेत: जाजरकोट प्रदेश सभा (क) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन्। कांग्रेसका जिल्ला सभापति समेत रहेका सिंहले एमालेका डम्बर सिंहलाई सात हजार ७३ मतान्तरले पराजित गरेका हुन्।
कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए। कांग्रेसका सिंह २०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए। अहिले उनै सिंहको सहयोगमा उनी विजयी भएका हुन्।
यो क्षेत्रमा खसेको ३६ हजार ७०६ मतमध्ये गठबन्धनको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएका समाजवादीका कमान खड्काले चार हजार ४४६ मत पाएका छन्।
मंसिर ७, २०७९ बुधबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।