यस्तो छ रुपन्देहीको जारी मतगणनाको परिणाम

यस्तो छ रुपन्देहीको जारी मतगणनाको परिणाम

बुटवल: रुपन्देही क्षेत्र नं १ मा एमालेका छविलाल विश्वकर्माले अग्रता बनाइराखेका छन्। उनले चार हजार ४९२ मत प्राप्त गरेका छन्। यस्तै उनको प्रतिस्पर्धीको रूपमा सत्ता गठबन्धनको समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल रहेका छन्।

भुसालले तीन हजार ४१८ मत प्राप्त गरेका छन्। यस्तै ढकिया छापमा धनीराम चौधरीले तीन हजार १५७ मत पाएका छन्।

रुपन्देही- २ मा हालसम्म २५ हजार १४९ मत गणना हुँदा एमालेका विष्णु पौडेल नै अघि छन्। उनले आठ हजार ५९४ मत पाएका छन्। यस्तै उनलाई पछ्याउँदै छन्- राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले। उनले सात हजार ८५६ मत पाएका छन्।

यस्तै सत्ता गठबन्धनको समर्थन प्राप्त उम्मेदवार केशवबहादुर थापाले घर चिह्नमा ६ हजार ६०२ मत पाएका छन्।

रुपन्देही- ३ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरालाई गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणले पछाडि पारेका छन्। खाँणले १० हजार ९६६ मत पाएका छन्। यस्तै बोहोराले नौ हजार ९१८ मत पाएका छन्। 

रुपन्देही- ४ मा भने लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले अग्रता बनाएका छन्। शुक्लाले १४ हजार २५१ मत पाएका छन्। यस्तै कांग्रेसका प्रमोदकुमार यादवले ११ हजार ५९४ मत पाएका छन्। यहाँ तेस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार भूपेन्द्र यादव रहेका छन्। उनले चार हजार ५८२ मत पाएका छन्।

यस्तै रुपन्देहीको क्षेत्र नम्बर ५ मा हालसम्म ४४ हजार ८०७ मत गणना भएको छ। हालसम्म यहाँ एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता बनाएका छन्। उनले २० हजार ६९१ मत पाएका छन्।

उनका प्रतिस्पर्धीका रूपमा देखिएका छन्-  कांग्रेसका भरतकुमार शाह। शाहले १५ हजार १०६ मत पाएका छन्। यस्तै लौरो चुनाव चिह्नसहित चुनावमा होमिएका भीष्म रानाले तीन हजार ७४६ मत पाएका छन्।

मंसिर ७, २०७९ बुधबार १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।