बर्दिया- १ मा कांग्रेस र २ मा स्वतन्त्र उम्मेदवर अगाडि

बुटवल: बर्दिया निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा नेपाली कांग्रेसका सञ्जय गुप्ताले अग्रता लिएका छन्। उनले १३ हजार ७२८ मत प्राप्त गरेका छन्।
यहाँ नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले ढकिया चिह्नमा १३ हजार ४९२ मत प्राप्त गरेर दोस्रोमा छन्।
यस्तै बर्दिया–२ मा भने जारी मतगणनामा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन्। रेशम चौधरीका बुवा लालवीरले चापाकल चिह्नमा २५ हजार ८१२ मत प्राप्त गरेका छन्।
यसैगरी दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका सुरेश पन्तले गोलाकारभित्र हँसिया हथौडामा २१ हजजार ३८८ मत प्राप्त गरेका छन्।
मंसिर ७, २०७९ बुधबार १०:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।