
आइतबार २९ असार, २०८२
प्युठान: जनमोर्चाको किल्लामा एमालेका सूर्य थापाको फराकिलो अग्रता

बुटवल: प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन्। एमालेका सूर्य थापाले २० हजार २४१ मत प्राप्त गरेका छन्।
यसैगरी दोस्रोमा रहेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १६ हजार ४०४ मत प्राप्त गरेकी छिन्। पौडेल यो क्षेत्रकी निवर्तमान सांसद हुन्। कुनै बेला प्युठानलाई 'जनमोर्चाको पकड' क्षेत्र भनिन्थ्यो।
मंसिर ७, २०७९ बुधबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।