बाँकेमा कसको अवस्था कस्तो छ ?

बुटवल: बाँके–१ मा प्रतिनिध सभातर्फको जारी मतगणनामा नेकपा एमालेका सूर्यप्रसाद ढकालले अग्रता लिएका छन्। उनले १२ हजार ४२३ मत प्राप्त गर्दा माओवादी केन्द्रका महेश्वरजंग गहतराजले १० हजार ८८३ मत प्राप्त गरेका छन्।
यस्तै बाँके–२ को जारी मतगणनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन्। उनले २९ हजार ५७७ मत प्राप्त गर्दा दोस्रोमा रहेका जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५२० मत प्राप्त गरेका छन्।
यता बाँके–३ मा सुरुआती अग्रता लिएका एमालेका उम्मेदवारलाई पछि पार्दै कांग्रेस अगाडि आएको छ। कांग्रेसका किशोरसिंह राठोरले १५ हजार २६९ मत प्राप्त गर्दा एमालेका किस्मतकुमार कक्षपतिले १२ हजार ७५० मत प्राप्त गरेका छन्।
मंसिर ७, २०७९ बुधबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।