नवलपरासी पश्चिम: १ मा खर्बपति चौधरी अगाडि, २ मा पूर्व आईजीपीको अग्रता

नवलपरासी पश्चिम: १ मा खर्बपति चौधरी अगाडि, २ मा पूर्व आईजीपीको अग्रता

बुटवल: जारी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतगणनामा नवलपरासी पश्चिममा कांग्रेस र राप्रपाका उम्मेदवारले अग्रता लिएका छन्। दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिम –१ मा नेपाली कांग्रेसका विनोद चौधरी अगाडि छन्।

खर्बपति उम्मेदवार चौधरीले नौ हजार ९०१ मत प्राप्त गरेका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले नौ हजार ५६५ मत पाएका छन्।

यस्तै नवलपरासी पश्चिम- २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका छन्। नेपाल प्रहरीका पूर्व आईजीपी प्रधानले १३ हजार ३५३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलले ६ हजार ५१५ मत प्राप्त गरेका छन्।

मंसिर ७, २०७९ बुधबार ०९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।