गुल्मी–१ मा मतगणनाको तयारी हुँदै, २ मा विष्टको अग्रता कायमै

बुटवल: गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना गर्ने तयारी गरिएको छ। अन्य क्षेत्रको मतपरिणाम धमाधम आइरहँदा यहाँ हालसम्म पनि गणना सुरु भएको छैन।
यो क्षेत्रमा मुख्यतः एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ।
यता निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टले अग्रता कायमै राखेका छन्। उनले २४ हजार १५० मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २१ हजार ९३९ मत प्राप्त गरेकी छिन्।
मंसिर ७, २०७९ बुधबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।