रुपन्देही- ४ (ख)मा कांग्रेसका खाँ विजयी

बुटवल: रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन्। कुल ४० हजार ९६३ मतमध्ये खाँ ११ हजार ३०५ मत ल्याई विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार २६५ मत पाएका छन् भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार ६६१ मत पाएका छन्।
निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुनसक्ने भएकोले खाँलाई विजयी घोषणा गरिएको छैन।
प्रतिनिधि सभा सदस्यको मतगणनापछि मात्र प्रदेश सभा सदस्यहरूलाई विजयी घोषणा गरिने उनले बताए।
मंसिर ७, २०७९ बुधबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।