तनहुँ- २: प्रतिनिधि सभा सदस्यमा कांग्रेसका भण्डारी निर्वाचित 

तनहुँ- २: प्रतिनिधि सभा सदस्यमा कांग्रेसका भण्डारी निर्वाचित 

पोखरा: तनहुँको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई पराजित गरेका हुन्।

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा एमालेका गुरुङले २५ हजार १३० मत पाए। भण्डारीले पाँच हजार ४७४ को मतान्तरमा चुनाव जितेका हुन्।

उनी अघिल्लो पटक तनहुँ- २ मै एमालेका केदार सिग्देलसँग पराजित भएका थिए। भण्डारी पूर्वमन्त्री समेत हुन्।

पराजित भएका एमालेका उम्मेदवार किरण गुरुङ अघिल्लो चुनावमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएपछि प्रदेशको अर्थमन्त्री बनेका थिए।

मंसिर ७, २०७९ बुधबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।