काठमाडौं- १०: एमालेका केसी हारे, कांग्रेसका केसी निर्वाचित

काठमाडौं- १०: एमालेका केसी हारे, कांग्रेसका केसी निर्वाचित

काठमाडौं: काठमाडौं– १० मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन्। निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार ४५८ मतसहित विजयी भएका हुन्।

प्रतिस्पर्धी एमालेका हिमेस केसीलाई दुई हजार ६७२ मतले पछि पार्दै कांग्रेसका केसी यस क्षेत्रबाट तेस्रो पटक निर्वाचित भएका हुन्। यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ।

एमालेका केसीले ११ हजार ७८७ मत प्राप्त गरे। यस निर्वाचन क्षेत्रमा कुल ५३ हजार ३३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो।

मंसिर ७, २०७९ बुधबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।