अष्ट्रेलियाको पोस्टमा फ्रान्सको चार गोल

अष्ट्रेलियाको पोस्टमा फ्रान्सको चार गोल

काठमाडौं: सन् २०१८ को विश्वकप फुटबल विजेता फ्रान्सले यो विश्वकपमा पनि विजयी सुरुआत गरेको छ। गए राति सम्पन्न अष्ट्रेलियाविरुद्धको खेलमा ४-१ गोलअन्तरले फ्रान्स विजयी भएको हो।

फ्रान्सका लागि ओलिभर जेरुडले दुई तथा एड्रिन राबिओट र केलियन एमबाप्पेले एक/एक गोल गरे।

सुरुमा अष्ट्रेलियाले गोल गर्दै अग्रता लिए पनि फ्रान्सले पहिलो हाफमै दुई गोल प्रहार गरेको थियो। खेलको नवौँ मिनेटमा क्रेग गुडविनले अष्ट्रेलियाका लागि गोल गरेका थिए।

गए रातिको जितसँगै समूह 'डी' मा फ्रान्सले ३ अंक प्राप्त गरेको छ।

मंसिर ७, २०७९ बुधबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।