कांग्रेसका राजीवविक्रम शाह जाजरकाेटबाट (ख) बाट साढे पाँच हजार मतान्तरले विजयी

कांग्रेसका राजीवविक्रम शाह जाजरकाेटबाट (ख) बाट साढे पाँच हजार मतान्तरले विजयी

सुर्खेत: जाजरकोटको प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन्। उनी १६ हजार ४० मत पाएर निर्वाचित भएका हुन्।

शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पाँच हजार ५१० मतान्तरले पछि पारे। एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन्।

शाहले प्रतिनिधि सभामा निर्वाचन लड्न चाहेका थिए। तर सत्तारुढ दलभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि उनी प्रदेशमा झरेका हुन्। शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए।

शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसद्को अनुभव बटुलिसकेका नेता हुन्। शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो।

मंसिर ७, २०७९ बुधबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।