गुल्मीमा जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु, अस्पताल लैजाँदै गर्दा एकको ज्यान गयो

गुल्मीमा जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु, अस्पताल लैजाँदै गर्दा एकको ज्यान गयो

बुटवल: गुल्मीको सत्यवती गाउँपालिका- ३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जीप कुढडाँडामा दुर्घटनामा परेको छ। ईलाका प्रहरी कार्यालय रिडिका अनुसार गए राति करिब २ बजे भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटोमा मृत्यु भएको छ।

त्यहाँका वडाध्यक्ष जितबहादुर तरामुका अनुसार मृत्यु हुने सबै कुढडाँडाका हुन्। बाटोमा मृत्यु हुने एक जनाको नाम खुलेको छैन।

जीपमा नौ जना सवार थिए। तीमध्ये तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पाल्पा पठाइएको छ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका- ३ का जीपधनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी, ४७ वर्षका रनबहादुर सिंजापती, वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सई कृष्णप्रसाद आचार्यले जानकारी दिएका छ्न्।

रिडिबाट बिहान चार बजे हिँडेको प्रहरी टोली घटनास्थलमा भर्खर पुगेको छ।

मंसिर ७, २०७९ बुधबार ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।