दैलेख १ (क) बाट कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित

सुर्खेत: दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। उनले नेकपा एमालेका धर्मराज रेग्मीलाई एक हजार ३९२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
उनले नौ हजार ४६४ मत ल्याए भने रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे। रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेर प्रदेश सरकारमा नेकपाभित्रको अन्तरसंघर्षका क्रममा एमालेको कित्तामा उभिएका थिए। माओवादीले उनको सांसद पद खोसिदिए पनि उनी एमालेमै बसेका थिए।
विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हुन्। नेविसंघ दैलेखको संस्थापक खत्री नेपाल रेडक्रस सोसाइटी र नेपाल परियोजना संघमा समेत आबद्ध छन्। ३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो।
मंसिर ७, २०७९ बुधबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।