सुर्खेत- १: राति १२ बजेबाट मतगणना थालियो, कांग्रेसका खड्कालाई सुरुआती अग्रता

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यमा सुरुआती अग्रता लिएका छन्। सुर्खेत–१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार २३८ मत गणना हुँदा खड्काले एक हजार ७७२ मत प्राप्त गरेका छन्। यस्तै एमालेका ध्रुवकुमार शाहीले एक हजार ३५५ मत प्राप्त गरेका छन्।
राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन्।
यस्तै प्रदेश सभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्। प्रदेश ‘क’तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ठम्मर विष्टले एक हजार ३२६ मत प्राप्त गरेका छन्।
प्रदेश सभा ‘ख’बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि छन्। माओवादी केन्द्रका उम्मेदवार जिसीले एक हजार १७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका डण्डीप्रसाद शर्माले ९२९ मत प्राप्त गरेका छन्।
मंसिर ७, २०७९ बुधबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।