प्रदेश सभा: काठमाडौं–६ (ख) र ९ (क) मा एमालेका उम्मेदवार विजयी

काठमाडौं: प्रदेश सभातर्फ काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा एमालेका अमनकुमार मास्के विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन्।
निर्वाचन अधिकृत सम्झना खनालका अनुसार नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले ६ हजार ६७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार ५७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले ३२७ मत प्राप्त गरे।
टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेश सभामा २३ हजार एक सय आठ मत खसेको थियो। सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताइन्।
यस्तै काठमाडौं–९ (क) मा पनि एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका हरिकृष्ण डङ्गोल चार हजार ४५२ मतसहित विजयी भएका हुन्।
निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार कांग्रेसकी नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले डङ्गोलले पछि पारेका हुन्। बाँस्तोलाले चार हजार २० मत प्राप्त गरिन्।
मंसिर ७, २०७९ बुधबार ०७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।