काठमाडौं- २ मा तोडियो एमालेको किल्ला, स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं: प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ। बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रास्वपाकी २७ वर्षीय सोविता गौतम विजयी भएकी हुन्।
सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार २२९ मत पाएकी छिन्। उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४४९ मत पाएकी छिन्।
काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ ५२ हजार ९५६ मत खसेकोमा दुई हजार ११६ मत बदर भएको थियो।
यो क्षेत्रमा लामो समयदेखि एमालेले निर्वाचन जित्दै आएको थियो। यो क्षेत्रले एमालेमा रहँदा वरिष्ठ नेता माधवकुमार नेपाललाई सहजै स्वीकार गर्दै आएको थियो।
मंसिर ७, २०७९ बुधबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।