किर्ते मुद्दाबाट जोगिन राजनीतिमा आएका सिलवाल पराजित भए

काठमाडौं : प्रहरी महानिरीक्षक नियुक्तिको कार्य सम्पादन मूल्याङ्कन फारम किर्ते गरेको खुलेसँगै सङ्कटमा परेका नवराज सिलवालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदको बाटो खोलिदिए।
उनी ललितपुर १ बाट सांसद उम्मेदवार बने र जिते पनि। पुस्तैनी राजनीतिक मैदानमा कांग्रेसका उदय शमशेर जबरा पराजित भए। पाँच वर्षपछि राणाले उनै सिलवालसँग बदला लिए त्यही क्षेत्रमा।
पाँच दलीय गठबन्धनको उम्मेदवार बनेका राणाले सिलवाललाई ४६ सय बढी मतले पराजित गरे। राणाले २३ हजार ८९२ र सिलवालले १९ हजार २७९ मत प्राप्त गरेका छन्।
सिलवालले गत निर्वाचनमा राणालाई ६ हजार २२२ मतले पराजित गरेका थिए। सिलवालले २६ हजार ९५१ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राणाले २० हजार ७२९ मत ल्याएका थिए।
सिलवाल पूर्व सांसद भए पनि यो बिचमा सरकारी दस्तखत किर्तेको मुद्दाबाट जोगिए। एमाले नेतृत्वको सरकाले उनी विरुद्ध चल्न सक्ने मुद्दा निष्क्रिय बनाइसकेको छ।
मंसिर ७, २०७९ बुधबार ०३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।