ईश्वर पोखरेलले हार स्वीकार्दै प्रदीप पौडेललाई दिए बधाई

ईश्वर पोखरेलले हार स्वीकार्दै प्रदीप पौडेललाई दिए बधाई

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा एमालेका पराजित उम्मेदवार ईश्वर पोखरेलले हार स्वीकार गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै उनले कांग्रेसबाट निर्वाचित प्रदीप पौडेललाई शुभकामना दिएका हुन्।

यस्ताे छ उनकाे स्टाटस:

बधाइ तथा आभार !

————————

२०७९ मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका परिणाम आउन थालेका छन् ! यसैक्रममा, काठमाण्डौं क्षेत्र नं. ५ को निर्वाचन परिणाम पनि भरखरै सार्वजनिक भएकोछ र श्री प्रदीप पौडेलजी विजयी बन्नु भएको अनौपचारिक घोषणा समेत गरिएकोछ । यस औसरमा उहाँलाई बधाई भन्न चाहान्छु !

यस निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेको मलाई आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू प्रति आभार तथा धन्यवाद ब्यक्त गर्दछु ।

निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध/ सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवन शैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !

मैले उम्मेदवारी दिएको क्षेत्र - काठमाण्डौं ५ मा मैले यस क्षेत्रको प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको छु ! यसरी शिक्षा र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सँधै उच्च आदरभाव रहिरहनेछ ! म आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी - नेकपा( एमाले) प्रति समर्पित रहिरहनेछु !

सबैप्रति हार्दिक आभार सहित ,

६ मंसीर २०७९ - ईश्वर पोखरेल

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार

काठमाण्डौं क्षेत्र नं. ५

मंसिर ६, २०७९ मंगलबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।