रुपन्देही ४ (१) मा लाेसपाका कन्हैया बनिया विजयी

भैरहवा : रुपन्देहीको प्रदेश सभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन्।
कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १३७ मत ल्याइ विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २५३ मत पाएका छन्।
यस्तै, नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए।
मंसिर ६, २०७९ मंगलबार २२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।