मधेश प्रदेशमै जसपा चौथो, सिके राउतको पार्टी दोस्रो

मधेश प्रदेशमै जसपा चौथो, सिके राउतको पार्टी दोस्रो
तस्बिर- अनलाइन

काठमाडौं : प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको प्रारम्भिर मतपरिणममा जनता समाजवादी पार्टी (जसपा) चौथो भएर प्रतिस्पर्धा गरिरहेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार ८ हजार १८५ मतसहित नेपाली कांग्रेस पहिलो भएको छ। दोस्रो स्थानमा रहेको सिके राउत नेतृत्त्वको जनमत पार्टीले ७ हजार ८३२ मत ल्याएको छ।

एमाले मधेश प्रदेशमा तेस्रो स्थानमा छ। उसले ७ हजार ६७३ मत ल्याउँदा चौथो भएको जसपाले ४ हजार ३४७ मत ल्याएको हो।

मंसिर ६, २०७९ मंगलबार २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।