बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी

बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन्।

यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार बनेका छन्।

जनता समाजवादी पार्टीका यादवले २ हजार १४६ मतान्तर सहित विजयी भएका हुन्।

उनले ११ हजार ५०४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले ९ हजार ३५८ मत पाए।

कांग्रेसका राजकुमार कुर्मीले ८ हजार ७३१ मत पाएका छन्।

बाँके क्षेत्र नम्बर २ को मतगणना नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा भइरहेको छ। औपचारिक घोषणा हुन भने बाँकी छ।

बाँके क्षेत्र नम्बर २(१)मा ३५ हजार ८६८ मत खसेको थियो। त्यसमा ३३ हजार ४८५ मत सदर भएको थियो भने २ हजार ३८३ मत बदर भएको थियो।

मंसिर ६, २०७९ मंगलबार २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।