समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो हुँदा एकीकृत समाजवादी दशौं

काठमाडौं : प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिकमा रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला भनिएका माओवादी केन्द्र र समाजवादीलाई पछि पारेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ६० हजार ८५ मत ल्याएर तेस्रो भएको छ। दोस्रो स्थानमा आएको नेपाली कांग्रेसले १ लाख १८ हजार ६४८ मत ल्याउँदा १ लाख ३६ हजार ७७५ मत ल्याएर एमाले पहिलो पार्टी बनेको छ।
यस्तै, माओवादी केन्द्र ५५ हजार २३६ ल्याएर चौथो हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ३२ हजार ३४६ मत ल्याएर पाँचौं भएर प्रतिस्पर्धा गरिरहेको छ।
सिके राउत नेतृत्त्वको जनमत पार्टीले १० हजार ५६५, जनता समाजवादी पार्टीले १० हजार ५५२ मत ल्यायो।
नेपाल मजदुर किसान पार्टीले ७ हजार २१३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ५५१ ल्याउँदा एकीकृत समाजवादीले ६ हजार ४४२ मत ल्याएका हुन्।
मंसिर ६, २०७९ मंगलबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।