लमजुङमा मतान्तर घटाउँदै माओवादीका देव गुरुङ

लमजुङमा मतान्तर घटाउँदै माओवादीका देव गुरुङ

पोखरा : लमजुङको प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन्।

एउटा मात्र प्रतिनिधिसभा रहेका लमजुङमा कूल गणना गरिएको ३९ हजार ७५० मतमध्ये पृथ्वीसुब्बाले १७ हजार ५६२ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले १६ हजार ७५१ मत पाएका छन्।

अहिले पृथ्वीसुब्बा र देवप्रसादबीच ८११ को मतान्तर रहेको छ। पछिल्लो अवस्थामा माओवादीका देव गुरुङले मतान्तर घटाउँदै लगेका छन्। यसअघि पृथ्वीसुब्बा २३ सय भन्दा बढी मतले अगाडि थिए।
 
त्यसैगरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार धर्मराज केसीले ३ हजार २२४ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ ५३२ मत पाएर चौथो स्थानमा रहेका छन्।

३९ हजार ७५० मत गणना गर्दा यस क्षेत्रमा ८७६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

मंसिर ६, २०७९ मंगलबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।