जगन्नाथ खतिवडालाई पराजित गर्दै उदयपुर-२ बाट एमालेका अम्बर बहादुर रायमाझी निर्वाचित

जगन्नाथ खतिवडालाई पराजित गर्दै उदयपुर-२ बाट एमालेका अम्बर बहादुर रायमाझी निर्वाचित

उदयपुर : उदयपुर निर्वाचन क्षेत्र नंम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका अम्बर बहादुर रायमाझी निर्वाचित भएका छन्।

राईले एकीकृत समाजवादीका उप–महासचिव जगन्नाथ खतिवडालाई २ हजार ३५८ मतान्तरले पराजित गरे।

रायमाझीले १५ हजार २५१ मत ल्याउँदा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन्।

कांग्रेसका बागी उम्मेदवार राम कुमार राईले १० हजार ३७९ मत ल्याएका छन्। यहाँ मंगोल नेशनल अर्गनाइजेनका भाष्कर राईले १ हजार ४३० र राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल कुमार श्रेष्ठले ९१० मत पाएका छन्।

मंसिर ६, २०७९ मंगलबार २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।