गुल्मी २ मा रामकुमारी झाँक्री २६८४ मतले पछि

बुटवल : गुल्मी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टको अग्रता कायमै छ।
इस्मा गाउँपालिका, मदाने गाउँपालिका र मुसिकोट नगरपालिकाको मत गणना गर्दा विष्टले १६ हजार ५१८ मत ल्याएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले १३ हजार ८३४ मत ल्याएकी छन्।
यी दुईबीचको मतान्तर २ हजार ६८४ छ।
मंसिर ६, २०७९ मंगलबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।